दफा २९
जफत सम्पत्तिको बाँडफाँट
यस ऐन बमोजिम जफत हुने ठहरेको विदेशमा रहेको सम्पत्ति वा साधन तथा कुनै देशको सक्षम अदालतको अन्तिम निर्णय बमोजिम जफत हुने ठहरेको नेपालमा रहेको सम्पत्ति वा साधनको बाँडफाँट सम्बन्धी व्यवस्था नेपाल सरकार तथा सम्बन्धित मुुलुकबीच भएको सम्झौता बमोजिम हुनेछ ।
तर त्यस्तो सम्झौता नभएको अवस्थामा नेपाल सरकारले तोके बमोजिम हुनेछ ।